ad ad

खेल


१३ वटा ‘ए’ डिभिजन क्लवले लाइसेन्सको लागि दिएको आवेदन एएफसीद्वारा रद्द

१३ वटा ‘ए’ डिभिजन क्लवले लाइसेन्सको लागि दिएको आवेदन एएफसीद्वारा रद्द

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार २:५३,

एशियाली फुटबल महासंघ (एएफसी) ले तोकेको मापदण्ड पूरा गर्न नसक्दा नेपालका १३ वटा ‘ए’ डिभिजन क्लवले लाइसेन्सका लागि दिएको आवेदन रद्ध भएको छ।

योसँगै नेपालका ‘ए’ डिभिजन क्लवले एफसीले २०२१ मा आयोजना गर्ने कुनैपनि प्रतियोगिता खेल्न पाउने छैनन्। सन् २०२१ को लाइसेन्सका लागि नेपालका ए डिभिजन क्लवले मापदण्ड पूरा गर्न नसकेको भन्दै एएफसीले आवेदन खारेज गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एएफसीको फस्र्ट इन्स्टेन्स बडी (एफआइबी) ले नेपाली क्लबको डकुमेन्टको आधारमा यस्तो निर्णय गरेको हो। १३ वटा क्लवले लाइसेन्सका लागि दिएको आवेदनमा आवश्यक कागजपत्र नपुगेको एफसीले जनाएको छ।

विभागीय त्रिभुवन आर्मी क्लवले एएफसी लाइसेन्सका लागि गरेको प्रयासको भने एफसीले प्रशंसा गरेको छ। सरस्वती क्लव ‘बी’ डिभिजनमा घटुवा भएका कारण आवेदन दिएको थिएन।

क्लब लाइसेन्स नभएकै कारण ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कपको छनोट चरणसमेत खेल्न पाएन। क्लव लाइसेन्स नभएपनि गत वर्ष मनाङ मस्र्याङ्दी क्लबले एफसी कप खेलेको थियो। तर एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .