सुनसरीको कोशी गाउँपालिकाले विवाह गरेका र गर्भधारण गर्ने दम्पतीलाई शुभकामना कार्ड दिने निर्णय गरेको छ।
यही मंसिर १५ गतेबाट गाउँपालिका भित्रका उमेर पुगेर विवाह गर्ने दम्पती र गर्भवती भएका महिलाले स्वयंसेविका मार्फत गाउँपालिकाको शुभकामना कार्ड पाउनेछन्।
नव विवाहित दम्पतीलाई शुभकामना र विवाहपछि गर्भवती भएकी महिलालाई गर्भमा रहेको बच्चाको सुस्वास्थ्यको कामनासहित शुभकामना कार्ड दिने तयारी गरिएको अध्यक्ष ऐयुव अन्सारीले जानकारी दिए।
‘मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यस्तो निर्णय गरेका हौँ,’ अन्सारीले भने, ‘गर्भमा रहेका बच्चा स्वस्थ राख्न पनि यो अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ।’ गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम पनि सञ्चालन गरेको छ।
गाउँपालिका क्षेत्रका ८७ जना स्वयंसेविका र अनमीले घरघरमै गएर कार्ड वितरण गर्ने अन्सारीले जानकारी दिए।

प्रतिक्रिया