अफ्रिकी मूलुक इथियोपियाले एकै दिनमा ३५ करोड रुख रोपेको छ।
बढ्दो जलवायु परिवर्तनले निम्त्याउने खतरासँग जुध्नका लागि आफूहरुले ३५ करोड रुख रोपेको इथियोपियाका प्रधानमन्त्री एबी अहम्मदले जनाएका छन्।
रुख फडानीको समस्याले इथियोपिया सुख्खा र खडेरीको मार खेप्न बाध्य छ। संयुक्त राष्ट्रसंघका अनुसार २० औं शताब्दीको सुरुवातमा इथियोपियामा ३५ प्रतिशत बन फडानी भएका थिए।
सोमबार एकै दिनमा ३५ करोड रुखका वृक्ष रोपिएसँगै विश्वभरका मानिसहरु तथा वातावरणविदले यस कार्यको प्रशंसा गरेका छन्।
— Dr.-Ing. Getahun Mekuria (@DrGetahun) July 29, 2019BREAKING NEWS!!
ETHIOPIA PLANTED
353,633,660 TREE SEEDLINGS IN 12Hours#GreenLegacyEthiopia#PMOEthiopia pic.twitter.com/TewfqNzXMN
इथियोपियाका खोज तथा प्रविधि मन्त्री गेटाहुन मेकुरियाले ट्वीट गर्दै आफूहरुले धेरै संख्यामा रुख रोपेर किर्तिमानी रचेको बताएका छन्।
यस अगाडि सन् २०१६ मा भारतले एकै दिनमा ५ करोड रुख रोपेको थियो।
वातावरण विदहरुले इथियोपियाले जस्तै विश्वका अन्य देशले वृद्धरोपनलाई यसरी नै बढाउँदै लगे विश्वले जलवायु परिवर्तनलाई नियन्त्रण गर्न सक्ने बताएका छन्। बीबीसी


प्रतिक्रिया