समाज


वैज्ञानिकको हत्यापछि इरानले बदला लिने बताइरहँदा संयमता अपनाउन राष्ट्रसंघको आग्रह

वैज्ञानिकको हत्यापछि इरानले बदला लिने बताइरहँदा संयमता अपनाउन राष्ट्रसंघको आग्रह

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ७:९,

ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताइएको हो।

संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले भनेका छन्,‘हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसीमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ।’

शुक्रबार इरानका एकजना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको थियो। इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको् हत्या भएको थियो।

इरानको रक्षामन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ। इरानले आफ्ना प्रमुख वैज्ञानिको हत्यामा संलग्न देश आफूलाई थाहा भएको र बदला दिने बताइरहँदा राष्ट्रसंघले संयमता अपनाउन आग्रह गरेको हो। एएनआई

यो पनिः परमाणु वैज्ञानिकको हत्या गर्ने देश चिनिसकेका छौं, बदला लिन्छौंः इरान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .