कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्ले २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ।
45
Shares

प्रतिक्रिया