नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्ले २४ घण्टामा देशभरमा थप १ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २३६ जना कोरोना संक्रमित निको भएको र यो सँगै निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया