ad ad

समाज


रौतहटको बैरगनिया नाका खोलियो, नेपालीलाई पैदल आउन–जान छुट

रौतहटको बैरगनिया नाका खोलियो, नेपालीलाई पैदल आउन–जान छुट

शैलेन्द्र महतो
मंसिर ११, २०७७ बिहिबार ११:८,

रौतहटको गौर बैरगनिया सीमा नाका बिहीबारबाट खोलिएको छ।

अभिलेख राखेर नेपालीहरुलाई पैदल आउन जान दिने गरी रौतहटको एक मात्र गौर सीमानाका खोलिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

प्रजिअ यादवका अनुसार नेपालीलाई पैदल आबत जावत, अतिआवश्यक विवाहको गाडी, गम्भीर बिरामी बोकेका एम्बुलेन्स तथा सवारीसाधन, शव बाहनलाई अभिलेख राखेर जान आउने दिने गरी गृह मन्त्रालयसँग समन्वय गरेर व्यवस्थापन गरिएको छ।

कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले नेपालका केही समिति बाहेक सबै सीमानाका बन्द गरेको थियो। लामो समयको सीमानाका बन्दले सीमा क्षेत्रका जनतालाई व्यवसाय तथा रोजगारीमा समस्या, सदियौदेखिको नेपाल भारतको बेटीरोटीको सम्बन्धमा खलल, विवाहजस्ता कार्यमा समस्या हुन थालेको भन्दै पछिल्लो समय विभिन्न संघसंस्थाले सीमा नाका खोल्नुपर्ने भन्दै धर्ना तथा आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .