नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ९४७ सहित देशभरमा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मंगलबार पनि सबैभन्दा बढी काठमाडौँमा ६९२ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुर १९०, सुनसरी ११०, कास्की ८३, मोरङ ७५, भक्तपुर ६५ र काभ्रे ६१ रहेका छन्।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७९१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगको मन्त्रालयले जनाएको छ।
हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

Shares

प्रतिक्रिया