कारोबार


ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा, दुई हजार चालक आवद्ध

ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा, दुई हजार चालक आवद्ध

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ११:२१,

अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ। स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डु एपमा २ हजार भन्दा बढि ट्याक्सी चालक आवद्ध भई यात्रुलाई सेवा दिइरहेका ट्याक्सीमाण्डु प्रा.लि.का प्रवन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए।

सञ्चालनको एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता सहित मंसिर महिनाभरका लागी केही आकर्षक छुट सहितका स्कीमहरु ल्याएको जनाएको छ।

ट्याक्सीमाण्डु प्रा.लि.ले ल्याएका स्कीमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन्। जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर ० प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन्।

यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन। त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा रु. ५० रुपैयाँ छुट पाउनेछन्। छुटका लागी यात्रुले ट्याक्सीमाण्डुको प्रोमो कोड प्रयोग गर्नुपर्नेछ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ। यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ। एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन्।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ।

यसबाहेक ट्याक्सीमाण्डु प्रा.लि. आफ्नो एपमा आवद्ध चालक तथा सेवाग्राही यात्रुवर्ग प्रति थप जिम्मेवार बन्दै कोभिड १९ को संक्रमण फैलन नदिन सचेत बनेको छ।

ट्याक्सी चालकहरुलाई यात्रुवर्गलाई कसरी सुरक्षित यात्रा गराउने भनेर समय समयमा विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्नुका साथै आफूसँग आवद्ध सबै चालकलाई समय समय समन्वय गरी काउन्सिलिङ पनि गर्दै आइरहेको छ।

त्यसैगरी ट्याक्सीमाण्डु एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोभिड १९ बाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पुर्णरुपमा पालना गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad