राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन माग गर्दै काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।
राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा मंगलबार रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाइएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए।
काठमाडौं महानगरपालिकाले तत्कालीन राजा महेन्द्रको जीवनसंगिनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी आमा रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।
राष्ट्रिय विभूति शंखधर साख्वाः अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ।
राप्रपाले महानगरलाई यो कार्य तत्काल सच्चाउन माग समेत गरेको छ।
शंखधर साख्वाःको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका हुन्।

प्रतिक्रिया