समाज


काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिला कमाण्डरको हातमा

काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिला कमाण्डरको हातमा

उजिर कार्की
मंसिर ५, २०७७ शुक्रबार १५:१५,

काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा नेतृत्व अब महिला प्रहरीले गर्ने भएका छन्।

राजधानी शहरको सुरक्षासँगै सिधै जोडिएका ललितपुर र भक्तपुरको प्रहरी प्रमुखमा महिला नेतृत्व पुगेका हुन्।

शुक्रबार गृह मन्त्रालयले ललितपुरको प्रहरी प्रमुखमा एसएसपी किरण बज्राचार्यलाई सरुवा गरेसँगै राजधानीका दुई जिल्लाको प्रहरी प्रमुख महिला भएका हुन्।

भक्तपुरको प्रहरी प्रमुखमा एसपी तारादेवी थापा कार्यरत् छँदैछन्।

आइतबारदेखि कार्यान्वयन हुने गरी गृह मन्त्रालयले बज्राचार्यलाई ललितपुर प्रहरी प्रमुखको जिम्मा दिएको छ।

यसअघि एसपी छँदा उनले भक्तपुरको प्रहरी प्रमुख भएर १५ महिना काम गरेकी थिइन्। २०७२ र २०७३ मा उनले भक्तपुर प्रहरीको कमाण्ड गरेकी थिइन्।

यस्तै बज्राचार्यले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इन्टरपोलको प्रमुख भएर समेत काम गरेकी छन्।

प्रदेश प्रहरी, ठिमि वृत्त, ट्राफिक प्रंहरी र तालिम केन्द्र लगायतमा बज्राचार्यले काम गरेकी छन्।

बज्राचार्य अनुसन्धान र फिल्ड कमाण्ड दुवैमा काबिल प्रहरीका रुपमा परिचित छन्।

असार ८ गतेदेखि भक्तपुर प्रहरी प्रमुखको जिम्मेवारी थापाले पाएकी हुन्। थापाको नेतृत्वमा भक्तपुरको सुरक्षा व्यवस्थामा कुनै कमजोरी नरहेको प्रहरी अधिकारीहरु बताउँछन्।

थापाले त्यसअघि तालिम केन्द्र, सातदोबाटो वृत्त, महिला बालबालिका सेवा निर्देशनालय लगायतमा रहेर काम गरेकी थिइन्।

राजधानीको सुरक्षा अवस्था संवेदनशील मानिन्छ। चुनौती बढी हुने भएकाले यी जिल्ला प्रहरी अधिकारीहरुको रोजाइमा पर्ने गरेका छन्।

तर एकैपटक राजधानीका दुवै जिल्लाको सुरक्षा जिम्मा महिला अधिकारीहरुले पाएको भने यो पहिलो पटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .