समाज


काठमाडौं उपत्यकामा मात्रै कोरोनाले संक्रमण गरेका व्यक्तिको संख्या नाघ्यो लाख

काठमाडौं उपत्यकामा मात्रै कोरोनाले संक्रमण गरेका व्यक्तिको संख्या नाघ्यो लाख

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ११:२२,

काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसको संक्रमणमा परेका व्यक्तिको संख्या लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुने व्यक्तिको कूल संख्या १ लाख ८७२ पुगेको हो। तिनमा काठमाडौंका ८१ हजार ५८८, ललितपुरका ११ हजार ९४८ र भक्तपुरका ७ हजार ३३६ जना छन्। 

तर तीमध्ये ८७ हजार ६९२ जना निकाे भइसकेका छन् भने ४ सय ८८ जनाकाे मृत्यु भइसकेकाे छ। 

निकाे भएकामध्ये काठमाडौंका ७१ हजार ५९१, ललितपुरका ९ हजार ६३१ र भक्तपुरका ६ हजार ४७० जना छन् भने मृतकमध्ये काठमाडौंका ३ सय १६, ललितपुरका ८९ र भक्तपुरका ८३ जना छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad