कारोबार


उद्योग वाणिज्य महासंघ चुनावः नेपालगञ्जमा प्रधान समूहको चुनावी कार्यक्रम

उद्योग वाणिज्य महासंघ चुनावः नेपालगञ्जमा प्रधान समूहको चुनावी कार्यक्रम

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ११:३०,

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ।

३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ।

महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार छन्।

kishor program npgnj

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले हुनेवाला अध्यक्षले चाहेको समूहलाई निर्वाचन जिताउनुपर्ने बताए। उनले आगामी अध्यक्ष शेखर गोल्छालाई काम गर्न दिन्न भनेर पूर्वअध्यक्ष चण्डीराज ढकालले विधानविपरीतको बोली बोलेको आरोप लगाए।

निवर्तमान अध्यक्षका हैसियतमा आफू महासंघको हरेक बैठकमा पुगेपनि डेढ वर्षसम्म कुनै कुरा नबोलि फर्किएको भए पनि जब विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बन्नबाट रोक्ने बहस सुरु भयो त्यसपछि आफू सक्रिय भएको उनको भनाइ छ।

गोल्छाले किशोर प्रधानको समूहलाई आफ्नो समूह भनेकै कारण अध्यक्षले चाहेको समूहलाई निर्वाचनमा विजयी गराउनुपर्ने मुरारकाको भनाइ छ।

महासंघका पूर्वअध्यक्ष कुश कुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेको गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराए। उनले सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्व अध्यक्षहरुलाई पनि देखाएर पारित गराउने र देशैभरका उद्योगी व्यवसायीका एजेण्डा एउटै बनाउने अभियानमा गोल्छा लागेका कारण आफूले उनले चाहेको समूहलाई सहयोग गरेको बताए।

हाल महासंघको जिल्ला नगर उपाध्यक्ष एवम् असन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारका किशोर प्रधानले आफूले करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताए। करदातालाई वडा सदस्यभन्दा तल्लो वरीयतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए।

‘मेरो पहिलो काम अध्यक्षलाई झण्डा हल्लाएर गौरवका साथ हिड्न सक्ने बनाउनु हो’ प्रधानले भने, ‘केन्द्रमा अध्यक्षको वरियता मिलेपछि जिल्ला र नगरमा पनि सोही अनुसारको प्रोटोकल बन्छ ।’

आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठले उद्योगी र व्यवसायीहरु बैंकबाट ठगिने गरेको गुनासो गरे। बैंकहरु विगतका जमिनदारजस्तो भएको भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई पीडा दिने बैंकहरुविरुद्ध लड्ने प्रण गरे।

महासंघका केन्द्रीय सदस्य एवम् आगामी निर्वाचनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको आलोचना गरे।

आगामी मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad