कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
शुक्रबार दिउँसो धनगढी उप–महानगरपालिका–५ का ५५ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार २५ कार्तिकदेखि संक्रमित पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
मृतक संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।
प्रतिक्रिया