ad ad

समाज


माउथवासले ३० सेकेन्डमा कोरोना भाइरस मार्न सक्छ!

माउथवासले ३० सेकेन्डमा कोरोना भाइरस मार्न सक्छ!

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ८:१४,

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने आशाजनक सङ्केतहरू पाइएको बताएका हुन्।

अध्ययनले र्‍यालमा रहेका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि सङ्केत पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन।

युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड–१९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको हो।

डा. निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा माउथवासुलाई एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने बताउँछन्।

विश्वविद्यालयको विवरण अनुसार कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सीपीसी भएका माउथवासहरूले प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गरेका हुन्।

उक्त अनुसन्धानपत्रको अन्य वैज्ञानिकले परीक्षण गरी पुष्टि गर्न बाँकी नै छ।

यसले हालैको अर्को अध्ययनलाई थप बल पुर्‍याउँछ। त्यस अध्ययनले सीपीसीमा आधारित माउथवासहरूले भाइरसको भारलाई कम गर्न सहयोग पुर्‍याउने देखाएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .