ad ad

समाज


दाङका संक्रमितको कोहलपुरमा मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

दाङका संक्रमितको कोहलपुरमा मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ४:४५,

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

दाङको घोराही उपमहानगरपालिका-१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उनमा कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि होमआइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्थामा जटिल बनेपछि मंसिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो।

उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा पनि उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

यससँगैै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारको क्रममा ज्यान गुमाएका ४० र बाँके जिल्ला निवासी ३७ गरी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .