ad ad

समाज


यी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना, मौसमविद्ले जारी गरे २४ घण्टे चेतावनी

यी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना, मौसमविद्ले जारी गरे २४ घण्टे चेतावनी

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार १:१०,

केही दिनदेखि उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव परेको हो।

जसका कारण गण्डकीदेखि पश्चिमका प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको समेत सम्भावना छ।

यसले जनजीवनमा पार्न सक्ने प्रभाव अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनीसमेत जारी गरेको छ।

‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ चेतावनीमा भनिएको छ, ‘र, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाका माैसमविद् समीर श्रेष्ठका अनुसार मनसुन बाहिरिएयता नेपालमा पश्चिमी वायुकाे प्रभाव परेकाे याे दाेस्राेपटक हाे। 

‘अघिल्लो पटककको भन्दा यसको प्रभाव अलि बढी देखिएको छ,’ उनले आइतबार नेपालखबरसँग भने, ‘अन्तिम हप्ताको पश्चिमी वायुले पश्चिमतिर हल्का वर्षा मात्रै गराएको थियो, यसले हिमपात पनि गराउने सम्भावना देखिएको छ।’

माैसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेकाे तीन दिनसम्मकाे माैसम अनुमान यस्ताे छ:

हालको मौसमको अवस्था 
देशका कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ३० गते (आइतबार)

दिउँसो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

मंसिर ०१गते (सोमबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंसिर ०गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .