ad ad

समाज


लद्दाखमा माइनस २० डिग्री सेल्सियस तापक्रममा दीपावली मनाउँदै भारतीय सेना

लद्दाखमा माइनस २० डिग्री सेल्सियस तापक्रममा दीपावली मनाउँदै भारतीय सेना

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ११:४९,

अहिले सो क्षेत्रको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको बताइएको छ।

भारतीय संचार माध्यमका अनुसार शुक्रबार राति यस १७ हजार फिटमाथिको सीमा क्षेत्रमा हिउँ परेको थियो यद्यपी भारतीय सेनाहरु सोही स्थानमा छन्।

हाल दुवै देशका सेनाबीच तत्काल लद्दाखको विवादित सीमा क्षेत्रबाट सेना पछाडि हटाउने विषयमा महत्वपूर्ण छलफल चलिरहेको छ।

सम्झौता भएको खण्डमा यी सेनाहरु विवादित क्षेत्रबाट पछाडि हट्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

जाडो याममा लद्दाखको सीमामा तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्छ। जाडो सुरु हुनासाथ यहाँ बाक्लो हिउँले सडक पुर्छ। यो क्षेत्र ६ महिनाका लागि ठप्प हुन्छ।

बाँच्न नै मुस्किल हुने भएकाले हिउँदमा दुई देशका सेनाबीच धक्का–मुक्की नहुने अपेक्षा गरिएको थियो। तर यसपटक भने दुवै देशका सेनाले जाडोको तयारी गरिरहेका छन्।

उनीहरुले हिउँदभरीलाई पुग्ने खाद्यान्न र गोलीगठ्ठा विवादित क्षेत्र नजिक पुर्‍याएका छन्।

तर पछिल्लो समय वार्ता भइरहेकाले दुवै देशले सेना पछाडि हटाउने अपेक्षा गरिएको छ। जाडो बढिरहँदा र सीमामा हिउँ परिरहँदा भारतीय सेनाले यसपटक दीपावली यसै स्थानमा मनाउने भएका छन्।

माइनस २० डिग्री सेल्सियसको तापक्रममा भारतीय सेनाहरु यतिबेला सीमामा अडिग भएर चिनियाँ खतराविरद्ध सतर्क भएको भारतीय संचार माध्यमले जनाएका छन्।

हालै भारतीय सेनाहरुले यस उच्च स्थानमा दीपावली मनाइरहेको भिडियो र फोटो पनि सार्वजनिक भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .