समाज


जयनगर–कुर्था रेलमार्गको लिकका क्लिप चोरी भए

जयनगर–कुर्था रेलमार्गको लिकका क्लिप चोरी भए

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ७:५४,

निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर–कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ।

३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ। तर, औपचारिक उद्घाटन अझै हुन सकेको छैन्।

धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ। तर, भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन्।

रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ। एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सय बढी क्लिप चोरी भएका छन्।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुनसक्ने स्थानीयहरुको भनाइ छ। दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad