मकवानपुर प्रहरीले ५ दिनमा ३७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
गत शनिबारदेखि बुधबारसम्ममा विभिन्न अपराधमा संलग्न रही फरार भएका ३७ व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला अदालत मकवानपुरले समेत विभिन्न मितिमा दोषी करार गरी सजायको फैसला गरिसकेका अभियुक्तहरुलाई कारागार चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताए।
उनीहरुलाई कैद तथा जरिबाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराइएको छ। उनीहरुको ८ बर्ष ५ महिना १५ दिन कैद र ८० हजार ७५ रुपैयाँ जरिवाना रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया