उनले आइतबार ट्वीट गरेर बधाई दिएका हुन्। बधाईसँगै टेड्रोसले आफू उनीहरुसँग काम गर्न इच्छुक रहेको बताए।
उनले ट्वीटमा भनेका छन्,‘अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु।’
कोरोना प्रकोपकैबीच संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो। ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको बताउँदै यस संस्थाको सदस्य नहुने बताएका थिए।
टेड्रोसले अमेरिका फेरि डब्लूएचओका फर्कनुपर्ने बताएका छन्। आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो। एएनआई

प्रतिक्रिया