समाज


ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नीकै मृत्यु

ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नीकै मृत्यु

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ४:०,

बर्दियामा शनिबार राति ट्रयाक्टरको ठक्करबाट पति-पत्नीकै मृत्यु भएको छ।

बर्दियाको बढैयाताल गाउॅपालिकाको मैनापोखरमा भे१त ५०९९ नम्बरको ट्रयाक्टरले भे३प ७८७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नीकै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख लोकेन्द्रबहादुर मल्लले जानकारी दिए।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय अर्जुन रिमाल र उनकी पत्नी २३ वर्षीया ललिताको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रयाक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ। राति काठ बोकेर तीव्र गतिमा आइरहेको ट्रयाक्टरले अनियन्त्रित भइ ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad