समाज


जंगलमा घाँस काट्न गएकी किशोरीमाथि करणीको प्रयास

जंगलमा घाँस काट्न गएकी किशोरीमाथि करणीको प्रयास

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १:४०,

रौतहटमा घाँस काट्न जंगल गएकी एक किशोरीमाथि जबर्जस्ती करणीको प्रयास भएको छ। किशोरीमाथि जबर्जस्ती गर्न खोज्ने स्थानीय एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका १ मंगलपुरका शुभराज थापा स्थानीय १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

चन्द्रनिगहापुरका डिएसपी हेमबहादुर शाहीका अनुसार शनिबार पौराईस्थित पूर्व पश्चिम राजमार्गमा पर्ने सडक छेउको जंगलमा घाँस काट्न गएकी किशोरीलाई थापाले जबर्जस्ती करणीको प्रयास गरेका हुन्।

उनले झाडीतिर लगेर जबरजस्ती करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन्। किशोरीले प्रतिवाद गरेपछि उनी भागेका प्रहरीले जनाएको छ। घट्ना लगत्तै पीडित किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

थापालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ। किशोरीको पनि स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad