तनहुँकाे भानुनगरपालिका–२ बगैँचामा एक बालक चितुवाको आक्रमणबाट घाइते भएका छन्।
आइतबार घरमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट छ वर्षीय हेमराज सुनुवार घाइते भएका हुन्।
स्थानीय लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत सुनुवारको घाँटी र काँधमा चितुवाले चिथोरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। उनलाई उपचारका लागि चितवन लगिएको छ। रासस

प्रतिक्रिया