स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता प्राडा जागेश्वर गौतमले महाराजगन्जस्थित महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको कोभिड-१९ अस्पताल सञ्चालनका लागि स्वीकृति दिने निर्णय भएको बताए।
त्यस्तै स्वास्थ्य मन्त्रालयले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा परीक्षण गर्ने ल्याबहरुले नै गर्नुपर्ने निर्णय गरेको छ। प्रवक्ता गोतमका अनुसार कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलिकाउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने र अस्पताल नभएका ल्याबले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने निर्णय गरेको बताए।

प्रतिक्रिया