ad ad

समाज


बलिउड अभिनेता फराज खानको निधन

बलिउड अभिनेता फराज खानको निधन

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १०:९,

बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ।

बुधबार अभिनेता खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

लामो समयदेखि बिरामी रहेका उनको निधन भएको अभिनेत्री पूजा भट्टले जानकारी दिएकी छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत निधनको जानकारी दिँदै उनले दुःख समेत व्यक्त गरेकी छन्।

‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराजले हामी सबैलाई छाडेर गए, उनले छाडेको रिक्त ठाउँ कसैको उपस्थितिले पनि भरिँदैन’, उनले लेखेकी छन्। उनले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद् घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन्।

फराज खान एक १९९० को दशकका चर्चित अभिनेता मानिन्थे। उनले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम काम गरेका थिए।

खराब स्वास्थ्यका कारण उनी लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आएका थिए। उनको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको थियो। बेलगुरु अस्पतालमा भएको सबै खर्च बलिउडकै अर्का अभिनेता सलमान खानले तिरेर उनलाई सहयोग गरेका थिए।

उनी अभिनेता युसफ खानका छोरा हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .