काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा करारमा कार्यरत हल्का सवारी चालक समिर भन्ने धन बहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
तामाङसँगै लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरीलाई पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
उनीहरु दुवैजनालाई घुस रिसवत वापतको आठ हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो।
तामाङ र चौधरीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी घुस/रिसवत माग गरेका थिए।
लेखापढी व्यवसायी चौधरीले रकम लिई सवारी चालक धन बहादुर तामाङलाई दिएको अवस्थामा उक्त रकमसहित दुवै जनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया