आफ्नै सहकर्मीको हत्या गरी भागेका व्यक्ति पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका ८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिकै काभ्रेको पनौतीका करिव १८ वर्षीय श्याम खड्काको हत्याका अभियुक्तलाई पक्राउ गरेको हो।
हत्यापछि फरार रहेका ध्रुव भन्ने मानकाजी श्रेष्ठलाई बुधबार ललितपुरको थसीखेलबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए।
उनको नाममा काठमाडौं जिल्ला अदालतबाट २०७४ कात्तिक २८ गते वारेन्ट मेत जारी गरेको थियो।
उनलाई बुधबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ।
प्रतिक्रिया