समाज


श्रीमतीसँगको झगडामा नाबालक छोराको हत्या गरेर भागेका मियाँ ११ वर्षपछि पक्राउ

श्रीमतीसँगको झगडामा नाबालक छोराको हत्या गरेर भागेका मियाँ ११ वर्षपछि पक्राउ

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १०:५०,

नाबालक छोराको हत्या गरेर भागेका सुनसरीका करिम मिया पक्राउ परेका छन्। ११ वर्ष पहिले कान्छी श्रीमतीसँग झगडा हुँदा छोराको हत्या गरेर फरार रहेका मियालाई सुनसरी प्रहरीले सोमबार पक्राउ गरेको हो।

छोराछोरी लिएर माइत गएकी कान्छी श्रीमती अजिरन खातुनसँग २०६६ मंसिर २२ गते साँझ झगडा भएको थियो। श्रीमतीलाई लिन ससुराली गएका मियाका त्यसक्रममा श्रीमतीसँग विवाद भएको थियो।

श्रीमतीसँगको झगडापछि मिया छोरा छोरी लिएर घर फर्किंदै थिए। भोक्राहा नरसिंह गाउँपालिका १ जन्नत हुसेनको केराबारीमा आएपछि श्रीमतीसँग झगडा भएको थियो। मियाको कुटपिटबाट श्रीमती बेहोस् भएकी थिइन्।

श्रीमती बेहोस भएपछि मियाले छोराछोरीको घाँटी थिचेर केराबारीमा फालिदिएको प्रहरीले जनाएको छ। सोही कारण उनका ३ महिनाको छोरा दिलसाह मियाँको मृत्यू भएको थियो।

उनीविरुद्ध श्रीमती अजिरन खातुनले २०६६ मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

५१ वर्षीय वुनिया भन्ने करीम मियाँलाई इनरुवाबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad