पाँच महिनायता अस्ट्रेलियामा पहिलोपटक कोरोना भाइरस संक्रमणका स्थानीय बिरामी फेला नपरेको एजेन्सीहरुले जनाएका छन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले जुन ९ यता पहिलोपटक नयाँ स्थानीय संक्रमित फेला नपरेको आइतबार जानकारी दिए।
अस्ट्रेलियामा करिब २७ हजार संक्रमित र नौ सय यससम्बन्धी मृत्यु भएको बताइएको छ।
नयाँ संक्रमित नभेटिएसँगै सबैभन्दा कोरोना प्रभावित भिक्टोरिया स्टेटको राजधानी मेलबर्न सहरमा मानिसहरु क्याफे, रेस्टुराँ र पबमा रमाइरहेका भेटिएका छन्। शनिबारसम्म उक्त सहरमा ७० बाट घटेर ६१ सक्रिय संक्रमित रहेका छन्।
यसका बाबजुद सरकारी अधिकारीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नागरिकहरुलाई आग्रह गरेका छन्।
प्रतिक्रिया