समाज


‘अल्ला हु अकबर’ भन्दै फ्रान्समा चक्कु आतंक, महिलाको शिर काटियो!

‘अल्ला हु अकबर’ भन्दै फ्रान्समा चक्कु आतंक, महिलाको शिर काटियो!

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ११:१६,

यस आक्रमणमा ३ जनाको मृत्यु हुनुको साथै कयौं घाइते भएको फ्रान्सका संचारमाध्यमलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

आक्रमणकारीले ‘अल्ला हु अकबर’ भन्दै चक्कु प्रहार गरेको बताइएको छ। यस घटनामा एक महिलाको शिर काटिएको पनि बताइएको छ।

निस शहरका मेयर क्रिस्टियन इस्टरोसीका अनुसार नोट्रे डेम चर्च नजिकै आक्रमण भएको हो।

यस घटनालाई प्रहरीले आतंकवादी आक्रमण भनेका छन्। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको छ।

यसै महिनाको सुरुवातमा मुस्लिम अतिवादीले फ्रान्सेली शिक्षकको शिर काटेर हत्या गरेका थिए। त्यसको केही समयमै फ्रान्समा फेरि चक्कु आक्रमणको घटना भएको हो। यसपटक पनि एक महिलाको शिर काटिएको छ।

यो पनिः यसकारण फ्रान्सेली उत्पादन बहिष्कार गर्दैछन् मुस्लिम मुलुकहरु

यसै महिनाको सुरुवातमा शिक्षक स्यामुअल पाटीले मुस्लिम धर्मगुरुको अपमानजनक कार्टुन देखाएर आफ्ना विद्यार्थीलाई अभिव्यक्ति स्वतन्त्रताको पाठ पढाएका थिए। ती शिक्षकको अन्ततः हत्या भएको थियो।

उक्त घटनासँगै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले मुस्लिम धर्म आज विश्वभर संकटमा रहेको बताउँदै यस धर्ममा कट्टरपन्थी र प्रलोभनद्वाराग्रस्त बनेका मानिसहरु रहेको र उनीहरुले अरुको विनाशको सोच राख्ने आरोप लगाएका थिए।

म्याक्रोंले शिक्षकको हत्यालाई इस्लामी आतंकवादीको आक्रमणको संज्ञा दिएका थिए। म्याक्रोंले विवादित बयान दिएयता मुस्लिम राष्ट्रहरु उनीसँग रुष्ट बनेका छन्।

मुस्लिम राष्ट्रहरुले फ्रान्ससँगको आर्थिक कारोबार त्याग्ने बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad