समाज


ट्विटरमा बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाबीच रोचक जुहारी

ट्विटरमा बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाबीच रोचक जुहारी

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ९:२,

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच ट्विटरमा जुहारी चलेको छ।

भारतको गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख सामन्त गोयलसँग भेटको विषयलाई लिएर दुबैबीच जुहारी चलेको हो।

संग्रौलाले बुधबार बिहान कोरोना संक्रमणबाट आइसोलेसनमा बसिरहेका ‘भट्टराईलाई गोयलले देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आंशकाले पो सतायो’ भनि एक ट्विट लेखेका थिए।

जवाफमा भट्टराईले संग्रौलाजस्ता बौद्धिक व्यक्तिसमेत आफ्नो कान नछामी कागको पछि दौडिएको प्रतिक्रिया दिएका छन्।

उनले खेलेका छन, ‘खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्तिसमेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य र न्याय, बुद्धि र विवेकको के अपेक्षा गर्नु? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश∕ बीपी र पीएललाई बाँचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश∕ अनि हामी पछि नपरे को त?’

संग्रौलाले भट्टराईलाई विभिन्न सञ्चारमाध्यम आएको खबरका आधारमा आफूले ट्विट लेखेको स्पष्ट पारेका छन।

No description available.

उनी लेख्छन्, ‘ज्योति मलहोत्राको लेखलाई सिरानी हालेर सुधीर शर्मा नामक ‘काग’ले ट्वीट गर्या छन्। होइन भने प्रमाणित गरेर यी ‘काग’को झाँको झारे भइगो डाक्टसाप,यो गनगन किन?’

अघिल्लो साता नेपाल भ्रमणमा रहेका रअ प्रमुख गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेपछि उक्त भेट कुटनीतिक मर्यादा विपरित भएको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad