उक्त बिस्फोटनमा बालबालिकासहित ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
खैबर–पख्तुनख्वा प्रान्तको पेशावर शहरमा यस बिस्फोटन भएको हो। हालसम्म कुनैपनि समूहले यस घटनाको जिम्मा लिएको छैन।
प्रहरीले यस घटनाको अनुसन्धान सुरुवात गरेका छन्। स्थानीय समयअनुसार बिहान ८ बजेर ३० मिनेट जाँदा ठूलो बिस्फोटनको आवाज सुनिएको थियो।
घटना भएको समयमा उक्त धार्मिक विद्यालयमा पढाई चलिरहेको थियो। त्यहाँ त्यतिबेला विद्यार्थीसहित ६० जना थिए।
यस बम विस्फोटनमा परेर १२ जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ।
यसअघि ६ वर्ष अगाडि पेशावर शहरको सैन्य विद्यालयमा बन्दुकधारीहरुले आक्रमण गर्दा बालबालिकासहित १५० जनाभन्दा बढीको मृत्यु भएको थियो।
प्रतिक्रिया