समाज


३ जना सँगै बसेर मदिरा सेवन गर्दा जब प्रेमिकाको विषयमा विवाद सुरु भयो...

३ जना सँगै बसेर मदिरा सेवन गर्दा जब प्रेमिकाको विषयमा विवाद सुरु भयो...

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ०:८,

प्रेमिकाको विषयमा विवाद हुँदा भक्तपुरमा एक भारतीय युवाको हत्या भएको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहिव हुसैनको हत्याको अभियोगमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल भक्तपुर ईटापाको मेटल कारखानामा कार्यरत १९ वर्षीय सानु अन्सारी र भारतको उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार शनिबार राति तीन जनासँगै बसेर मदिरा सेवन गर्दा सलमानकी प्रेमिकाको विषयमा विवाद सुरु भएको थियो।

मदिरा सेवन गर्ने क्रममा सलमानकी प्रेमिकालाई शाहिवले अपशब्द प्रयोग गरेपछि उनीहरुबीच भनाभन भएको थियो। कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुंगा तथा इँटाले मुख र टाउकोमा हानेर शाहिवको हत्या गरी नर्कटघारीमा शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आइतबार बिहान पैदलयात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबैले घटना स्वीकार गरेका प्रहरी उपरीक्षक थापाले बताए। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad