ad ad

समाज


नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय युवाको मृत्यु

नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय युवाको मृत्यु

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार १:३३,

कारको ठक्करबाट ललितपुरको नख्खुमा एक युवाको मृत्यु भएको छ। घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सिरहा घर भएका २८ वर्षीय इलु घलेको मृत्यु भएको हो। उनी ललितपुरको थकसीखेलमा बस्दै आएका प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय संजित परियार गम्भीर घाइते भएका छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना आइतबार रातिको हो। दुर्घटनापछि कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .