ad ad

समाज


काठमाडौंका ६ सहित कोरोनाबाट देशभर थप १८ जनाको मृत्यु

काठमाडौंका ६ सहित कोरोनाबाट देशभर थप १८ जनाको मृत्यु

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार १:१६,

कोरोना संक्रमणबाट शुक्रबार काठमाडौंमा ६ सहित देशभर थप १८ जनाको मृत्यु भएको छ।

काठमाडौंका ६, भक्तपुरका ५, चितवनका ३, सुनसरीका २, मोरङ र दाङका १-१ जना संक्रमितको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय २९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाका २ हजार ७२० सहित देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो।

अहिलेसम्म नेपालमा एक लाख ५३ हजार आठ जनामा संक्रमण पुष्टि भएको छ भने एक लाख पाँच हजार चार सय ८८ जना संक्रमित निको भइसकेका छन्। हाल नेपालमा सक्रिय संक्रमितको ४६ हजार ६ सय ९१ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .