ad ad

समाज


कोरोना संक्रमणबाट चितवनमा ३३ वर्षीया गर्भवतीको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा ३३ वर्षीया गर्भवतीको मृत्यु

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ४:१३,

कोरोना संक्रमणबाट चितवनमा ३३ वर्षीया गर्भवतीको मृत्यु भएको छ।

बिहीबार बिहान ६ १५ बजे भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भएकी उनी हेटोंडा–५ मा बस्दै आएकी थिइन्। असोज ३० गते संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

उनी ३७ साताकी गर्भवती रहेको अस्पताल प्रशासनले जनाएको छ। स्वाप्रस्वासमा समस्यासहित स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि उनलाई बुधबार भेन्टिलेटरमा राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .