ad ad

समाज


काठमाडौंमा आजदेखि पृतनापति सम्मेलन

काठमाडौंमा आजदेखि पृतनापति सम्मेलन

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ४:३५,

नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि काठमाडौंमा हुँदै छ। सम्मेलन तीन दिनसम्म चल्ने छ।

भर्चुअल माध्यमबाट सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोरोना संक्रमण नियन्त्रण कार्यमा प्राप्त सफलता र भावी रणनीतिबारे समीक्षा हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

प्रत्येक छ छ महिनामा नियमितरुपमा सेनाले पृतनापति सम्मेलन गर्दै आएको छ। तर, यस पटक भने कोरोना संक्रमणको त्रासको कारण भर्चुअल माध्यमबाट सम्मेलन हुन लागेको हो।

सेनाको पृतनामा उपरथीको नेतृत्व छ। सेनाका पृतना इटहरी, धनुषा, हेटौँडा, काठमाण्डौ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन्।

सम्मेलनमा सेनाका आठ पृतनापतिले आ आफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझाव पेस गर्ने पौडेलले बताए।

सम्मेलनमा पूर्वी कामु पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति आनन्दकुमार अधिकारी, पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा लगायतको सहभागिता रहने छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .