ad ad

समाज


शुक्रबारबाट वर्षायाम सकियो, अब वर्षा हुन्छ कि हुँदैन?

शुक्रबारबाट वर्षायाम सकियो, अब वर्षा हुन्छ कि हुँदैन?

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १:३९,

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारबाट नेपालमा मनसुन अन्त्य भएको औपचारिक घोषणा गरिसकेको छ। अर्थात् नेपालमा अब वर्षा गराउने मनसुनी प्रणाली छैन।

मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन बाहिरिनु भनेको वर्षायाम सकिनु हो। अब डिसेम्बर सुरु हुनु अघिसम्मलाई पोस्ट-मनसुन भनिन्छ। डिसेम्बरबाट मात्र विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।

मौसमविद् कँडेलका अनुसार मनसुन बाहिरिनुको अर्थ अब वर्षा नै हुँदैन भन्ने होइन। तर पहिलेजस्तो लगातार झरी अब हुँदैन।

‘पोस्ट मनसुन (अक्टोरब-नोभेम्बर) मा पनि वर्षा हुने सम्भावना हुन्छ, तर त्यो अर्कै प्रणालीबाट हुन्छ,’ मौसमविद् कँडेलले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘बंगालको खाडीमा चक्रवात बन्यो भने कहिलेकाहीं ठूलो वर्षा पनि हुन सक्छ।’

तर तत्काललाई त्यस्तो सम्भावना नरहेको उनले बताइन्।

हल्काफुल्का वर्षाकाे सम्भावना भने रहेकाे माैसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे बुलेटिनमा उल्लेख छ। 

जसअनुसार यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान   

कार्तिक ०१ गते (शनिबार)

दिउँसो : प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राती :  प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०२ गते (आइतबार)

दिउँसो : प्रदेश १,  बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती  प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :  प्रदेश १,  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई-स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०३ गते (सोमबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .