समाज


अनेरास्ववियुको एकता अन्तिम चरणमा

अनेरास्ववियुको एकता अन्तिम चरणमा

नेपालखबर
असोज २९, २०७७ बिहिबार ८:३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ। अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मंसिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ।

अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ। केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुंगोमा पु¥याउन निर्देशन दिएका थिए।

अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी गरिसकेको र सोही परिपत्रानुसार अहिले एकताको काम भइरहेको जानकारी दिए। उनका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ। यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ। अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ।

संयोजक महरले परिपत्रअनुसार काम नगर्ने र समानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गरिने बताए। पार्टी एकता भएसँगै नेकपाको पार्टी एकता अझै टुंग्गिएको छैन। यसअघि राष्ट्रिय युवा संघले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ। उनले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुंगिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको बाँडफाँड र कार्यविभाजन टुंग्याइने बताए। अखिलमा अहिले ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ।
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .