ad ad

समाज


नयाँ अनुसन्धान भन्छ : कोरोना संक्रमणबाट मृत्यु हुने खतरा अविवाहितलाई बढी

नयाँ अनुसन्धान भन्छ : कोरोना संक्रमणबाट मृत्यु हुने खतरा अविवाहितलाई बढी

नेपालखबर
असोज २७, २०७७ मंगलबार ३:१३,

स्विडेनका वैज्ञानिकले हालै गरेको अनुसन्धानले कोरोना संक्रमणबाट मृत्यु हुने जाेखिम विवाहितलाई भन्दा अविवाहितलाई बढी हुने देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भयाे भने विवाह गरेका व्यक्ति (महिला/पुरुष) का तुलनामा नगरेकालाई मृत्युकाे खतरा डेढ गुणा बढी हुन्छ। अर्को शोधअनुसार अविवाहित व्यक्ति धेरै रोगबाट ग्रस्त हुन्छन्, जसका कारण उनीहरूको मृत्यु दर उच्च छ।

स्विडेनको अनुसन्धानले महिलामा भन्दा पुरुषमा कोरोनाको जोखिम २ गुणा बढी हुने तथ्य पत्ता लगाएको छ। तर पुरुष विवाहित छन् भने जोखिम केही कम हुने अनुसन्धानकर्ताले बताएका छन्।

अविवाहित, कम आम्दानी तथा शिक्षा भएका पुरुष कोरोना संक्रमणबाट मृत्यु हुने जोखिममा बढी हुने अनुसन्धानकर्ताको दाबी छ।

स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका एक अनुसन्धानकर्ता स्भेन ड्रेफलका अनुसार उल्लिखित सबै कारण (पुरुष, अविवाहित, कम आम्दानी तथा शिक्षा) ले कोरोनाबाट मृत्युको जोखिम बढाउँछन्।

यो अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ। जसले कोरोनाका कारण मृत्यु हुनेमा अविवाहित पुरुषको संख्या बढी देखाएकाे छ, जसको उमेर २० वर्ष वा यसभन्दा केही बढी थियो।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उनले भनेका छन्, ‘अन्य देशमा भन्दा स्विडेनमा जन्मेका मानिसमा यस्तो जोखिम बढी देखिएको छ। कोरोनाबाट हुने संक्रमण तथा मृत्युको सम्बन्ध निम्न आय र शिक्षासँग पनि जोडिएको छ।’

वैज्ञानिकको दाबी के छ भने महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुन्छ, किनकि यिनीहरूको शारीरिक बनोट र जीवनशैली नै फरक हुन्छ। कम शिक्षा र आय भएपछि स्वास्थ्य पनि कमजोर हुन्छ। किनकि उसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान पुर्‍याउन  सक्दैन। स्राेत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .