इन्डियन प्रियमिर लिग (आईपिएल) नामक क्रिकेट प्रतियोगितामा सट्टेबाजी खेलाएको आरोपमा काठमाडौंबाट सात जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले सट्टेबाजीका नाइके चार भारतीयसहित ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारत घर भई कमलपोखरीस्थित होटल कोर्नाकमा बस्दै आएका कुलदीप शारण, सञ्जिव शारण, नवीन जैन र अजय गौतम रहेका छन्।
यस्तै सिन्धुपाल्चोकका प्रदीप घिमिरे, काठमाडौं कुलेश्वरका उत्तम सापकोटा, सोल्टीमोडका अनिलकुमार बमसल र नवीन जैन पनि पक्राउ परेका छन्।
उनीहरुको साथबाट प्रहरीले १ लाख ८५ हजार १ सय २० रुपैयाँ बरामद गरेको छ।
कुलदिप सट्टेबाजको नाइके रहेको र उनकै योजनामा सट्टेबाजी खेलाइरहेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए।
प्रतिक्रिया