समाज


गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४० पुग्यो

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४० पुग्यो

नेपालखबर
असोज २४, २०७७ शनिबार ९:२२,

गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शनिबार प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जाका एक र नवलपरासी पूर्वका एक जना संक्रमितको मृत्यु भएको हो।

स्याङ्जाको आँधीखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्धको गत राति निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए। ती पुरुषमा मिर्गौला, मुटु र पिसावसम्बन्धी समस्या रहेको उनले जनाकारी दिए।

त्यस्तै नवलपरासीपूर्व, गैँडाकोट–१ का ३६ वर्षीय पुरुषको कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररतका क्रममा बिहीबार दिउँसो निधन भएको हो। उनमा रक्तचाप र हृदयघातको समस्या रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad