कोरोना संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टकाे निधन भएकाे छ।
ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो।
उपचारका लागि उनलाई यही असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनकाे मृत्यु भएको उनको पारिवारिक सदस्यले जानकारी दिएका छन्।
४६ वर्षीय अधिवक्ता दीपक ललितपुरका मात्रै होइन, देशैभरका अधिवक्ताको रोजाइका व्यक्ति थिए। सामान्य रुघाखोकी, त्यसपछि देखिएको कोरोना र त्यसले निमोनिया भएपछि १२ दिनपछि उनको निधन भएकाे हाे।
प्रतिक्रिया