ad ad

समाज


आज बिहानैदेखि देशभर मौसम सफा, पानी पर्ला कि नपर्ला?

आज बिहानैदेखि देशभर मौसम सफा, पानी पर्ला कि नपर्ला?

नेपालखबर
असोज २४, २०७७ शनिबार १:१४,

आज (शनिबार) बिहानैदेखि देशभरजसो घाम लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् निराजन सापकाेटाका अनुसार पूर्वी पहाडी भेगका आकाशमा थोरै बादल देखिएको बाहेक सबै स्थानमा घाम लागेको छ।

‘आज दिनभरजसो नै देशभर घाम लाग्ने सम्भावना छ,’ शनिबार बिहान उनले नेपालखबरसँग भने, ‘तैपनि एक दुई स्थानमा फाटफुट पानी पर्न सक्ने भएकाले हामीले बुलेटिनमा उल्लेख गरेका हौं।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वीमध्य भागमा न्यून चापीय क्षेत्र छ र त्यो पश्चिमउत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ।

‘यसैका कारण हामीले अझै नेपालबाट मनसुन बाहिरिएको घोषणा गर्न नसकेका हौं,’ मौसमविद् सापकोटाले भने, ‘अब एक दुई दिनमा मनसुन बाहिरिएको घोषणा गर्छाैं होला।’

उनका अनुसार उक्त न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुने क्रममा छ, तर अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा खासै ठूलो असर पार्ने देखिएको छैन।

‘हामी अध्ययनमै छौं,’ उनले भने।

याे पनिभारतमा चक्रवात बन्दै, नेपालमा ठूलो वर्षा हुने सम्भावना

उनका अनुसार मनसुनपछि पोस्ट मनसुन भनिन्छ। जुन अवधि नोभेम्बरसम्म मानिन्छ। त्यसपछि भने विन्टर अर्थात् हिउँद याम सुरु भएको मानिन्छ।

‘केही गरी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रले वर्षा गरायो भने पनि त्यसलाई पोस्ट मनसुनअन्तर्गत पनि राख्न सकिन्छ,’ मौसमविद् सापकोटाले भने, ‘किनकि चक्रवातजस्ता प्रणाली त पोस्ट मनसुनमा पनि आउँछन्।’

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन-

असोज २४ गते (शनिबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २५ गते (आइतबार)

दिउँसो :  प्रदेश १ मा सामान्यतया बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २ गते (सोमबार)

दिउँसो :  देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :  देशको प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र प्रदेश २ को थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .