ad ad

समाज


नेपालमा काेराेना संक्रमितको संख्या लाख नाघ्याे

नेपालमा काेराेना संक्रमितको संख्या लाख नाघ्याे

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १०:४८,

देशभर हालसम्म संक्रमितको संख्या १ लाख पार गरेको छ।

शुक्रबार थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

बिहीबारसम्म कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको थियो।

गएको २४ घण्टामा १३ हजार दुई सय ७९ जनामा गरिएको परीक्षणमा दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएअनुसार आज काठामाडौं उपत्यकामा मात्रै १४ सय नौ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .