ad ad

समाज


सुनको सिक्री लुट्न कुटपिट, घाइतेको मृत्यु

सुनको सिक्री लुट्न कुटपिट, घाइतेको मृत्यु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १:३२,

भक्तपुरमा जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका-८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा बिहीबार स्थानीय ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो।

बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई सुरुमा उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको थियो। ग्रिनसिटीमा उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिइन्। 

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। कुटपिटपछि फरार व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको थापाले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .