ad ad

समाज


प्रिन्स विलियमद्वारा वातावरण समस्यासँग जुझ्न ‘अति प्रतिष्ठित’ वातावरण पुरस्कार स्थापना

प्रिन्स विलियमद्वारा वातावरण समस्यासँग जुझ्न ‘अति प्रतिष्ठित’ वातावरण पुरस्कार स्थापना

नेपालखबर
असोज २२, २०७७ बिहिबार ११:१०,

पुरस्कारको नाम ‘अर्थशट प्राइज’ राखिएको र यो हरेक वर्ष पाँच जनालाई आगामी दश वर्षका लागि प्रदान गरिने छ।

पुरस्कारको राशी प्रतिव्यक्ति १० लाख पाउण्ड अर्थात् १३ लाख अमेरिकी डलर राखिएको छ। पृथ्वीमा जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभावसम्बन्धी उत्कृष्ट समाधानसहित वातावरणीय चुनौतीलाई कम गर्न प्रोत्साहन गर्ने अनुसन्धानका लागि आगामी दस वर्षसम्म उक्त पुरस्कार दिइने राजकुमार विलियमको लण्डनस्थित कार्यालयले जानकारी गराएको छ।

केन्सिंग्टन प्यालेसले यसलाई ‘इतिहासको सबैभन्दा प्रतिष्ठित विश्वव्यापी वातावरणीय पुरस्कार’ भनेर वर्णन गर्दै पुरस्कार अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको १९६० को दशकमा सुरु भएको “मूनशट“ परियोजनाबाट प्रेरित भएको उल्लेख गरिएको छ।

“हामीले आफ्नो जीवन जिउन र जीवनको आनन्द लिनको लागि समाधानहरू खोज्नुपर्दछ र हामीले गरेका कुनै पनि कामको लागि दोषी र खराब महसुस नगर्न जीवनलाई प्रयोग गर्नुपर्छ,” बेलायती सिंहासनको दोस्रो बरियताक्रममा रहेका विलियमले बीबीसी रेडियोलाई दिएको बिहीबार प्रसारित एक अन्तवार्तामा भने,“अहिलेका युवा पिढीहरूमध्ये धेरैले महशुस गरेको चिन्ता र पिरजस्ता स्वास्थ्य दृष्टिकोणले मनोवैज्ञानिक रूपमा मलाई पनि चिन्तित बनाएको छ। मलाई लाग्छ अन्ततः यो परिवर्तन हुनै पर्नेछ।”

उनले भने,‘आशा छ कि पुरस्कारले विश्वका सबैभन्दा ठूला वातावरणीय चुनौतीहरूलाई ठीक र सही समाधान दिन ‘उत्तम विचार, उत्तम सम्भाव्य समाधान’ लाई जोड दिनेछ।

“आगामी १० बर्ष परिवर्तनका लागि महत्वपूर्ण दशक हो। समय आवश्यकताको हो, त्यसैले हामी विश्वास गर्दछौं कि यो अत्यन्त महत्वाकांक्षी विश्वव्यापी पुरस्कार एक मात्र मार्ग हो’’ उनले भनेका छन्,“आगामी १० बर्ष परिवर्तनका लागि महत्वपूर्ण दशक हो। समय आवश्यकताको हो, त्यसैले हामी विश्वास गर्दछौं कि यो अत्यन्त महत्वाकांक्षी विश्वव्यापी पुरस्कार एक मात्र मार्ग हो।” एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .