ad ad

समाज


बागमती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई संक्रमण

नेपालखबर
असोज २२, २०७७ बिहिबार ५:१४,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एक जनालाई कोरोना संक्रमण भएको छ।

मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो। काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ। परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताइन्। सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०÷१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताए।

काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ। ‘मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ त्यो निरन्तर रहन्छ’, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने। भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .