ad ad

समाज


१४ वर्षीया बालिका बलात्कार आरोपमा ३५ वर्षीय युवक पक्राउ

 १४ वर्षीया बालिका बलात्कार आरोपमा ३५ वर्षीय युवक पक्राउ

नेपालखबर
असोज २०, २०७७ मंगलबार ०:५३,

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध सोमबारै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

घरमा कोही नभएका बेला शनिबार साँझ उनले बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .